७ चैत्र, बाँके । देवमंगल ईन्जिनियरिङ्ग प्रा. लि.ले नेपालगञ्जमा सेरेस ३ ईलेक्ट्रोनिक भेकल भित्र्याएको छ । नेपालगञ्ज स्थित भुजाईगाँउ नजिकै रहेको उक्त कम्पनीले नेपाली बजारको लागि ईलेक्ट्रोनिक भेकलको नयाँ मोडल सेरेस ३ नेपालगञ्जमा ल्याएको हो ।
सेरेस ३ मा दुई वटा मोडल मध्ये देवमंगलले प्रिमियम भेरियन्ट नेपालगञ्जमा आज ल्याएको जनाएको छ । नेपालगञ्जका लागि आधिकारिक विक्रेता देवमंगलले सेरेस ३ दुई वटा भेरियन्टमा रहेको जनाएको हो । सेरेस ३ कम्फर्ट र प्रिमियम भेरियन्टमा रहको छ । यसमा ३ वटा कलर रहेको देवमंगलको सो-रुम म्यानेजर हिरा भण्डारीले जानकारी गराए ।
Advertisement
उनले नाईल खबरकर्मीलाई भने, ‘यसमा तीन वटा निलो, कालो र सेतो कलरमा आउँछ ।’
सेरेस ३ प्रिमियमलाई एक पटक पूर्ण रुपले चार्ज गर्दा ३ सय २० किलोमिटर देखि ४ सय किलोमिटर सम्म गुड्न सक्ने क्षमता रहेको छ । म्यानेजर भण्डारीका अनुसार यसमा ६ वटा एयर व्याग, ईएपी, ईबिए/ईबिडी, हिल लञ्च एसेस्टेन्स, अटो होल्ड/एचडिसी, टिपिएमए, क्रुस कन्ट्रोल, फ्रन्ट कोलिसन वार्निङ, ३६० क्यामेरा, रियर पार्किङ सेन्सर, लेन किप एसेस्टेन्स र ट्रेक्सन कन्ट्रोल लगायतका सेफ्टी फिचर छ ।
Advertisement
पिएमएसएम मोटर भएको सेरेसमा ५२.७ किलोवाट क्षमता भएको व्याट्रीको प्रयोग गरिएको छ । यसको ईन्जिनको मोटरको कुरा गर्नुपर्दा अधिक्तम ९९ किलोवाटको मोटर क्षमता रहेको छ ।
पाँच जनाको क्षमता भएको सेरेस ३ मा टायर मोनिट्रिङ र सिट हिटिङ, वायरलेस चार्जिङ मोबाईल, चुज स्पिडको सुविधा रहेको म्यानेजर भण्डारीले जानकारी दिए । यसको ग्राउण्ड किलियरेन्स १ सय ९० एमएम रहेको कार सजिलै संग अफ रोडमा समेत गुड्न सक्छ । सेरेसको टायरको कुरा गर्नुपर्दा १८ ईन्चको रहेको छ ।
Advertisement
यी सबै फिचरका कारण अन्तराष्ट्रिय बजार पाएको सिरिस ३ नेपालीहरुको माग अनुसार नेपालमा पनि भित्रियाइएको बताइएको छ । यसको ब्राण्डिङ राम्रो भएको हुनले बजारको माग अनुसार नेपालगञ्जमा पनि ल्याइएको म्यानेजर भण्डारीले जानकारी गराए ।
उनले यस कारको लागि बुकिङ खुला रहेको र सा-रुममा आएर अर्डर गर्न सकिने जानकारी दिए । सेरेस कम्फर्ट भेरियन्टको मुल्य ४९ लाख ९९ हजार र प्रिमियमको मुल्य ५२ लाख ९९ हजार रहेको छ ।
Advertisement
नेपालगञ्ज बाहेक सेरेज ३ सुर्खेत, दाङमा पनि आईसकेको बुझिएको छ ।
टिप्पणीहरू