२२ फाल्गुन, नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले १ लाख ५० हजार मूल्य बराबरको अवैध प्याज बरामद गरेको छ ।
मंगलबार सुस्ता गाउँपालिका वडा न.५ बनकट्टी बस्ने अमरनाथ यादवको घर भित्र भन्सार छली ल्याएको अवैध प्याज लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल गण नं २६ हे।क्वा नवलपरासीका सशस्त्र प्रहरी नायव उपरीक्षक मान बहादुर पाण्डेको कमाण्डमा खटिएको टोलीले प्याज बरामद लिएको हो ।
Advertisement
गोप्य सूचनाको आधारमा यादवको घर खानतलासी गर्दा ६७ बोरा प्याज अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको हो ।
उक्त बरामद गरेको प्याज आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको नवलपरासीका सशस्त्र प्रहरी उपरिक्षक प्रकाश वाग्लेले बताए ।
टिप्पणीहरू