Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कुनै एउटा पक्षले मात्रै ट्राफिक समस्याको समाधान गर्न सक्दैनः गृहमन्त्री श्रेष्ठ

    १० फाल्गुन, बाँके । ट्राफिकको समस्याले जनजिवन असहज बनाएको उपप्रधानमन्त्री एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले बताए । उनले जनयुद्धको १० वर्षको कालमा जतिनै यस १० वर्षको अवधिमा करिब त्यही संख्यामा बढी दुर्घटनाबाट मृत्यु भएको जनाएका छन ।

    नेपालगञ्जमा आज विहान सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह-२०८० समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले दुर्घना र ट्राफिक अनुशासनका कारणले पैदा भएका असहज अवस्थालाई अन्त्य गर्न जरुरी रहेको उनले बताए ।

    Advertisement

    उनले भने, ‘आम जनतासंग विषेश सरोकारवाला पक्षहरु संग पुर्‍याउने र जागरण गर्नुनै हो । ताकी यसबाट हुन सक्ने नकारात्मक परिणामहरु कम गर्न सकियोस र जिवनलाई सहज बनाउन सकियोस ।’

    जनयुद्धलाई सम्झिदै उनले थप भने, ‘यसले दुईवटा परिणाम अहिले हामी भोगिराखेकै छौँ । एउटा त दुर्घटना जसले मानिसको ज्यान समेत लिने गरेको छ । नेपालमा आजको एतिहासिक राजनीतिक परिर्वतन मुख्य भुमिका खेल्ने जनयुद्धको १० वर्षको कालमा जतिनै यस १० वर्षको अवधिमा करिब त्यही संख्यामा बढी दुर्घटनाबाट मृत्यु हुनु अत्यन्तै दुखद पक्ष हो । त्यस्तै धेरैले आफ्नो जिवन अपाङ्ग बनाएको स्थिति छ ।’

    Advertisement

    यद्दपी एउटा कुनै पक्षले मात्रै यसको समाधान गर्न नसक्ने उनले बताए । सडकको गुणस्तर, सवारी साधनको गुणस्तर, चालक, यात्रुहरुको चेतना र अनुशासनको स्थिति र ट्राफिक प्रहरीहरुको ऐन, नियम लागू गर्ने प्रतिबद्धता र सक्रियताबाट मात्रै सकारात्मक परिर्वतन ल्याउन सक्ने गृहमन्त्री श्रेष्ठले बताए ।

    उनले थप भने, ‘ट्राफिक प्रहरी घाम र धुलोमा निरन्तर सक्रिय भईरह्नुभएको छ । हामी त्यसलाई अझ कसरी राम्रो बनाउन सक्छौ भनेर अध्ययन गर्ने र गृहकार्य गर्ने प्रक्रियामा छौँ ।’

    Advertisement

    उनले सवारी साधनहरुको परिक्षण र नियमन अझै प्रभावकारी बनाउन, सडकको गुणस्तरलाई अझै राम्रो बनाउने र साथसाथै सवारी साधनको लाईसेन्स दिने र चालकलाई अनुशासित बनाउने प्रक्रियालाई पनि अभिमुखिकरण प्रभावकारी बनाउने र नयाँ ढंगले जाने सरकार निरन्तर रहेको जानकारी गराए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »