Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कृषि मन्त्रीको राजीनामा माग गर्दै चितवनका किसानले सडकमा पोखे दूध

    ६ फाल्गुन, चितवन । चितवनका किसानले सडकमै दूध पोखेर आन्दोलन गरेका छन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको नेतृत्वमा केन्द्रीय बस टर्मिनल चोकमा दूध पोखेर विरोध जनाएका हुन ।

    किसानको समस्या समाधान गर्न सरकार असक्षम रहेको भन्दै आन्दोलित किसानहरुले कृषिमन्त्रीको राजीनामा समेत माग गरेका छन ।

    Advertisement

    दूधले बजार नपाएको र साउनदेखि भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादक किसान आन्दोलित बनेका संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए । यसअघि पटकपटक राज्यको ध्यानाकर्षण गराइसक्दा समेत किसानका माग सुनुवाइ नभएपछि बाध्य भएर सडकमा दूध पोखाउनु परेको उनले बताए ।

    भरतपुर–१० स्थित संघको कार्यालय परिसरमा भेला भएका किसानले नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासमक्ष ज्ञापनपत्र बुझाएका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »