Close sidebar
  • ताजा
  • लोकप्रिय
  • काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस

    १३ माघ, काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्ला केही दिन यता चिसो बढेको छ । तापक्रम घटेसँगै काठमाडौं सहित देशभरकै अधिकांश स्थानमा चिसो बढेको हो ।

    पछिल्ला तीन दिन देखि काठमाडौंको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस आसपास रह्ने गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पनि काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ ।

    Advertisement

    यसअघि बिहीबार र शुक्रबार पनि काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो । देशका तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »