१३ माघ, बाँके । बाँकेको नेपालगञ्जमा क्रमिक रुपमा तापक्रम घट्दै गएको छ । पछिल्लो केही दिन यता चिसो बढेको छ । तापक्रम घटेसँगै जनजिवन प्रभावित भएको छ । देशभरकै अधिकांश स्थानमा चिसो बढेको हो ।
मैसम पूर्वानुमान मशाशाखाले आज विहान ८ बजेर ४५ मिनेटमा प्रदेश अनुसार मौसम बुलेटिन जारी गरेको छ । जस अनुसार लुम्बिनी प्रदेशको नेपालगञ्जमा मापन गरिएको आजको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस रहेको छ भने भैरहवामा गरिएको तापक्रम मापनमा ४.८ डिग्री सेल्सियस रहेको छ ।
Advertisement
यसअघि शुक्रबार गरिएको तापक्रम मापन अनुसार अधिकतम तापक्रम १४.३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको थियो ।
बिहानको समयमा तराईका अधिकांश भू–भागहरूमा लागेको बाक्लो कुहिरो अपरान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको मौसम विभागले जनाएको छ । कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध गरिएको छ ।
टिप्पणीहरू