१६ पौष, बाँके । ईपीएस परीक्षामा सहभागी गराउनु पर्ने माग गर्दै कोरियाली भाषा सिकेका युवाले शुक्रबार बालकुमारीमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो । प्रहरीको कुटपिटबाट दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
यो घटना सहित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तर सम्म मुद्दा बनेका विभिन्न घटनाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले सडक मार्फत जवाफ मागेको छ ।
Advertisement
बाँकेको नेपालगञ्ज स्थित धम्बोझी चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताकार्यकर्ताहरुले सरकार संग जवाफ मागेका हुन । उक्त पार्टीले आइतबार साँझ शान्तिपूर्ण रुपमा प्रर्दशन सहित जवाफ माग गरेको राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नं. २ का सभापति विवेक कुमार श्रेष्ठले जानकारी गराए ।
उनीहरुले धम्बोझी चोकमा प्रधानमन्त्री पुष्प कमल दहाल (प्रचण्ड) र गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुतला राखेर सरकार समक्ष विभिन्न मुद्दाका विषयमा जवाफ माग गरेका हुन ।
Advertisement
उनीहरुको प्रश्न यस प्रकारको छ :
- नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने ?
- ललिता निवास काण्डमा दोषी उम्काउने ?
- सुन काण्डमा तस्करहरू रोजी रोजी जोगाउने ?
- एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने ?
- टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने ?
- वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरी बन्धु काण्डका फाइल थन्क्याउने ?
- नारायणघाट -बुटवल, मुग्लिन- पोखरा लगायतका सडकहरू वर्षौँ अलपत्र पारी जनतालाई धुलोमा डुबाउने ?
- प्रधानमन्त्री र मन्त्री भने करोडौँ खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने ?
सडकमा आन्दोलित पार्टीका नेताहरुले, ‘यी त सरकारका नालायकीपनका केही प्रतिनिधि काण्ड हुन । यती हुँदा हुदैँ पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बीच सडकमा गोली हान्ने ?’ लगायतका प्रश्नमा जवाफ माग गरेका छन ।
टिप्पणीहरू