Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ४५ लाख धरौटी बुझाएर रिहा भए बालकृष्ण खाण

    २९ मंसिर, काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाण थुनामुक्त भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम पेश गरेका छन् ।

    बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा खाँण छाड्न आदेश दिएको थियो । जस पश्चात उनी आज शुक्रबार धरौटी रकम जम्मा गर्न अदालत पुगेका थिए ।

    Advertisement

    जिल्ला अदालत काठमाडौँमा धरौटी रकम बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो । सम्पत्ति शुद्धीकरण विभागले उनीसँग १५ लाख धरौटी लिएको छ । खाण ७ महिना पछि थुनामुक्त भएका हुन् ।

    मंसिर १५ गते न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए ।

    Advertisement

    बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो ।
    नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त खाण वैशाख २७ गते पक्राउ परेका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »