Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जानकीको श्री मा.वि. जोगागाँउमा सञ्चालित ३ महिने कम्प्युटर तालिम सम्पन्न

    २२ असोज, बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं. २ मा रहेका श्री माध्यमिक विद्यालय जोगागाँउमा सञ्चालित तीन महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ । आइतबार एक कार्यक्रम बीच गाँउपालिका प्रमुख छब्बन खाँले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

    ‘सीप सिकौं आत्मनिर्भर बनौं’ मुलमन्त्रका साथ आयोजना गरिएको उक्त तालिममा नौ जना छात्रा र पाँच जना छात्र गरी कुल १४ जना सहभागी भएको थिए । उनीहरुलाई आइतबार प्रमाणपत्र वितरण गरिएको थियो ।

    Advertisement

    विश्वव्यापी रुपमा छाएको आधुनिक, बैज्ञानिक र डिजिटलाईजेसनको दुनियामा कम्प्युटरको ज्ञान हुन अत्यावश्यक रहेको जनाउदै यो तालिम सञ्चालन गरिएको जानकी गाउँपालिका प्रमुख खाँले बताए । उनले यो सिप र विद्यार्थीहरुको अझै सिप आर्जन गर्ने चाहनालाई मुल्यांकन गर्दै विद्यालयको स्नातकोत्तर एवं विकास लागि गाउँपालिकाले दश लाख सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे । उनले यो सिप र पालिकाको लगानीलाई सदुप्योग गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।

    गाँउपालिकाले शिक्षा क्षेत्रमा विकासका लागि गरी रहेको लगानी प्रति विद्यालयका प्रधानाध्यापक मो.आलमीन राईले आभार व्यक्त गरे ।

    Advertisement

    समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जब अली हल्वाई, सामाजिक विकास संयोजक रामअचल धोबी, जानकी वडा नं. १ का सदस्य इब्राहिम हल्वाई, हौसिलाल काँदु, वडा नम्बर ५ का वडा सदस्य मो. सरीफ खाँ, गाँउपालिका अध्यक्षका सल्लाहकार सोहराब दर्जी, अभिभावक, शिक्षक र कर्मचारी लगायतको उपस्थिति थियो ।

    कम्प्युटर अपरेटर सकिल अहमद राईले तीन महिने कम्प्युटर कोर्षको प्रशिक्षण दिएका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »