Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एमालेको ध्यान सत्ता तिर छैन : अध्यक्ष ओली

    ८ भदौ, बाँके । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्ता तिर ध्यान नदिएको बताएका छन ।

    विराटनगर विमानस्थलमा शुक्रवार स्थानीय सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले देशको इज्जतका लागि, देशको अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेकाले यसलाई सत्तातिर जोडेर हेर्न नहुने बताए । एमालेले देशमा विद्यमान भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा जोड दिएको उनले बताए ।

    Advertisement

    उनले भने, ‘सुन तस्करीलाई रोक्नैपर्छ । देशका लागि, देशको इज्जतका लागि, सबैभन्दा ठूलो कुरा अर्थतन्त्रका लागि, आर्थिक उन्नतिमा यसले ठूलो बाधा पुर्‍याउँछ । यदि यो कुरालाई तपाईँहरूले सरकारसँग जोडेको हो भने अहिले हाम्रो सरकारतिर ध्यान छैन ।’

    ओलीले सत्तारूढ गठबन्धनका कारण कोशी प्रदेश सरकारमा अस्थिरता आएको आरोप समेत लगाए । त्यस क्रममा उनले भने, ‘कोशी प्रदेश सरकार त बनेकै थियो । सत्तारूढ गठबन्धनको कुबुद्धि र अलोकतान्त्रिक, असंवैधानिक क्रियाकलापका कारणले यो अस्थिरता आएको न हो । नत्र नबनेको सरकार बनाएँ भन्ने, सभामुखले भोट हालेर असंवैधानिक क्रियाकलाप गर्ने/गराउने । सभामुखलाई राजीनामा गराएर सङ्कट खडा गराउने खालका काम सत्तापक्षले गरेर समस्या आएको न हो ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »