१० साउन, कपिलवस्तु । कपिलवस्तु जिल्लको कपिलवस्तु नगरपालिका वडा नम्बर-१ स्थित आन्दोलन चोकबाट श्रोत नखुलेको रुपैँया सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार साँझ करिब ६ः१५ बजेको समयमा नित्यानन्द बर्माको भाडाको घरबाट सुनिल गुप्तालाई ४८ लाख नगद सहित कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
Advertisement
गोप्य सूचनाको आधारमा १४ लाख ९८ हजार हजार १२० रुपैयाँ भारतीय रुपैयाँ र अरू नेपाली रुपैयाँ सहित गुप्ता पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो ।
गुप्ताले अवैध भारतीय रुपैयाँको कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा छापा मार्दा प्रहरीले उक्त अवैध रकम सहित उनलाई पक्राउ गरेको हो ।
Advertisement
पक्राउ परेका गुप्तालाई बरामद उक्त रकम सहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाईसकेको प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले बताए ।
गुप्ता कुल ४८ लाख ५ हजार १२७ रुपैयाँ सहित पक्राउ परेका हुन ।

















टिप्पणीहरू