२६ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा बहुमत ल्याएर एमालेले सरकार बनाउने बताएका छन् ।
मंगलबार बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन । अहिले सरकारमा नजाने भन्दै २०८४ मा ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउने मिसनमा आफूहरु लाागेको बताएका हुन् ।
Advertisement
सम्बोधन कै क्रममा उनले भने, ‘अहिले हामी अब मिसन ०८४ र ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं । यो सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन । हामीलाई टेको खोज्नु छैन ।’
टिप्पणीहरू