Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राष्ट्रियसभाको बैठक आज बस्दै, सम्भावित कार्यसूची सहित

    २४ असार, काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ ।

    बैठक आज बिहान साढे ११ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने भएको बुझिएको छ । बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

    Advertisement

    जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्राेत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे बजेट माथि छलफल हुने संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

    गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट माथि पनि छलफल हुने जनाइएछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »