२९ जेठ, बाँके । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पछि राप्ती सोनारी गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष लवराज खरेलले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन ।
जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाँउपालिका रहेको राप्ती सोनारीको कुल क्षेत्रफल १०४१.७३ वर्ग कि.मि मा फैलिएको छ । यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ ।
Advertisement
बाँकेकै विकट क्षेत्रमा रहेको उक्त गाँउपालिकालाई नमुनाको रुपमा चिनाउन बालेन पछि वडाध्यक्ष खरेलले पनि ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका छन ।
यस अघि सांस्कृतिक सहरको रूपमा विकसित भइरहेको काठमाडौ महानगरमा सांस्कृतिक हिसाबले ग्रेटर नेपालको नक्सा राखिएको थियो ।
खरेलले भने, ‘इतिहास कसैले मेटेर मेट्न सक्दैन । यो नक्सामा नेपाल-भारत सुगौली सन्धि हुनुपूर्वको नेपालको सिमाना समेटिएको छ । भारत र चीनका केही स्थानहरू पनि समेटिएको छ ।’
Advertisement
भारतको नयाँ संसद् भवनमा ग्रेटर इन्डियाको नक्सा राखिएपछि नेपालीहरूले असन्तृष्टि जनाउँदै आएका छन् । ग्रेटर इन्डियाको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समेटिएको छ । हाल नेपालको रहेका लुम्बिनी र कपिलवस्तु सहितको नक्सा भारतले आफ्नो संसद् भवनमा राखेपछि नेपालीहरू आक्रोशित भएका थिए ।
टिप्पणीहरू