काठमाडौं । आज २०८० साल जेठ १२ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:
मेष : दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। आयआर्जन निकै राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ।
Advertisement
वृष : प्रेममा धोका पाइनेछ। बोल्दा ख्याल गर्नुहोला। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।
मिथुन : सोचे अनुसार काम नहुँदा मन खिन्न हुनेछ। भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ।
Advertisement
कर्कट : दिन सामान्य राम्रो छ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्।
सिंह : पुराना रोगबाट छुटकारा मिल्नेछ। प्रसन्नता बढ्नेछ। स्वास्थ्यमा समस्या देखिन्छ।
Advertisement
कन्या : दिन सन्तोषजनक रहेको छ। ज्ञानको उदय हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। अचानक लाभ हुनेछ।
तुला : शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या देखिनेछ। तर, शत्रु निस्तेज हुनेछन्।
Advertisement
वृश्चिक : पुराना घाउ बल्झने सम्भावना छ। धार्मिक क्षेत्रमा मन जानेछ। बोल्दा ख्याल गर्नुहोला।
धनु : सचेत भएर मात्र काम गर्नु उपयुक्त हुन्छ। झुठा आरोप लाग्नेछ।
मकर : मानसिक विचलन हुने देखिन्छ। शनिबार वरपिपलमा जल चढाउनुहोला।
कुम्भ : आफन्तबाटै आरोप खेप्नुपर्नेछ। सम्पत्ति आर्जन हुनेछ।
मीन: खर्च बढ्नेछ। भगवान शिवजीको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ।
राशिफले जे जस्तो फल बताए पनि हजुरहरुको कार्य सफलताको कामना, अस्वस्थ हुनुन्छ, भने स्वास्थ लाभको कामना, यात्रामा हुनुन्छ भने मङ्गलयात्राको कामना, जन्मदिन परेको छ भने जन्मदिनको शुभकामना ।

















टिप्पणीहरू