Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पहाडी भूभागमा चट्याङ सहित वर्षाको सम्भावना

    २२ बैशाख, बाँके । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभरको मौसममा सामान्य बदली रहेको छ ।

    आज कोशी प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    Advertisement

    आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यो क्रम शनिबार पनि कायमै रहने महाशाखाले जनाएको छ ।

    बदली र वर्षाको सम्भावना रहे पनि हिजोअस्तिको तुलनामा कम रहेको मौसमविद् सजिना शाक्य बताउँछिन् । ‘हिजोअस्तिको तुलनामा आजबाट वर्षा र बदलीको सम्भावना केही कम रहेको छ,’ शाक्य भन्छिन्, ‘वर्षाको मात्रा र अवधि दुवै आजबाट कम हुने दखिन्छ ।’

    Advertisement

    यद्यपि, प्रि–मनसुनको सिजन भएकाले वर्षा नहुने सम्भावना भने नरहेको उनी स्पष्ट पार्छिन् । आज काठमाडौंमा विगत केही दिनको तुलनामा मौसम सफा हुने मौसमविद् शाक्यको भनाइ छ । बिहान हुस्सु देखिए पनि घाम लागेसँगै हट्ने उनले जानकारी दिइन् ।

    दिउँसो काठमाडौंको आकासमा केही बादल भने देखिने बताउँदै उनी भन्छिन्, ‘काठमाडौंमा आज दिउँसो वर्षाको सम्भावना न्यून छ ।’ हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको पनि महाशाखाले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »