Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सर्पको टोकाइबाट बैतडीमा एक महिलाको ज्यान गयो

    १७ बैशाख, बैतडी । सर्पको टोकाइबाट बैतडीमा एक महिलाको ज्यान गएको छ ।

    पञ्चेश्वर गाउँपालिका २ डाँगा टोलकी २६ वर्षीया निर्मला लुहारको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

    Advertisement

    शनिबार राती गोठमा चौपायालाई घाँस हाल्न गएकी लुहारलाई सर्पले टोकेको र लुहारलाई स्थानीय वैद्य कहाँ लगिएको थियो । वैद्यकहाँ झारफुककै क्रममा ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतक लुहारको शव पोस्टमार्टम पछि आइतबार आफन्तको जिम्मा लगाएको बैतडी प्रहरीले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »