Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बाँकेका कैदीबन्दीहरुका लागि पुस्तक

    १७ बैशाख, बाँके । बाँकेका कैदीबन्दीहरुले पुस्तकहरु पढ्ने भएका छन । नेपालगञ्ज स्थित कारागारमा रहेका कैदीबन्दीहरुले ५० बढी पुस्तकहरु पढ्ने भएको हुन ।

    नेपाली लेखक संघ बाँकेले कारागार कार्यालय बाँकेमा रहेका कैदीबन्दीहरुका लागि विभिन्न पुस्तकहरु हस्तान्त्ररण गरिएको छ । नेपालगञ्जको महोन्द्र पुस्तकालयमा एक कार्यक्रम बीच शनिबार नेपाली लेखक संघ बाँकेले कारागार कार्यालय बाँकेका नायव सुब्बा विष्णु भण्डारी मार्फत कैदीबन्दीहरुको अध्ययनका लागि विभिन्न पुस्तकहरु संघले हस्तान्तरण गरेको हो ।

    Advertisement

    बरिष्ठ साहित्यकार तथा नेपाली लेखक संघका केन्द्रिय सल्लाहकार सनत रेग्मीले चिन्ता व्यक्त गर्दै पछिल्लो समय पुस्तक पढ्ने चलनमा क्रमिक रुपमा कमि आएको बताएका छन । उनले यस कार्यक्रम मार्फत कैन्दीबन्दीहरुलाई किताव पढ्ने बानीको विकास हुने विश्वास व्यक्त गरे ।

    राष्ट्रिय लेखक दिवसको अवसरमा पुस्तक हस्तान्तरण सँगै बाँके कोहलपुरका एक लेखकलाई सम्मानित समेत गरीएको छ । कोहलपुर निवासी लेखक गोविन्द प्रसाद ढकाल (उपमन्यु)लाई लामो समयदेखि शिक्षा तथा साहित्य क्षेत्रमा अनवरत सेवा पुर्‍याएको हुदाँ संघले ढकाललाई सम्मानित गरेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »