Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अध्यक्ष माथि दुर्व्यवहार प्रयासको निन्दा र भर्त्सना

    १३ बैशाख, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली माथि झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा केही उच्छृङ्खल समूहबाट भएको दुर्व्यवहार प्रयासको पार्टीले निन्दा र भर्त्सना गरेको छ ।

    झापा, इलाम र तेह्रथुमका विभिन्न कार्यक्रममा सहभागी हुनेक्रममा आज गृहजिल्ला झापा पुगेका अध्यक्ष ओली माथि झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा आयोजित पार्टी कार्यकर्ता भेलामा पुग्ने क्रममा दुर्व्यवहारको प्रयास भएको थियो ।

    Advertisement

    पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘समाजमा शान्ति र मेलमिलाप भङ्ग गर्ने नियोजित षड्यन्त्र स्वरुप सत्तापक्षकै कार्यकर्ता समेतको नेतृत्वमा भएको यस घटनाको हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ ।’
    यस्ता अवाञ्छित कार्यमा संलग्नहरू माथि कडा कानुनी कारवाही गर्न पार्टीले जोडदार माग गरेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »