Close sidebar
  • ताजा
  • लोकप्रिय
  • युवा संघको महाधिवेशनले नेपालगञ्जलाई चिनाउने छ : संयोजक खेमराज शर्मा

    २६ चैत, बाँके । राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश संयोजक खेमराज शर्माले नेपालगञ्जमा हुन गईरहेको राष्ट्रिय महाधिवेशले यस शहरलाई चिनाउने बताएका छन ।

    लुम्बिनी प्रदेशको बाँकेमा पहिलो पटक भईरहेको राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिले नेपालगञ्जलाई प्रत्यक्ष अनुभूति गर्नुका साथै सामाजिक सञ्जालबाट गरेको प्रचार प्रसारले देशभर चिनिएको उनले जिकिर गरे ।

    Advertisement

    चैत २७ देखि २९ गतेसम्म नेपालगञ्जमा हुने राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने दुई हजार बढि प्रतिनिधिलाई खाने बस्ने र कार्यक्रमलाई भव्य बनाउन आफुहरु दिनरात खटिएको शर्माले जानकारी दिए ।

    युवा संघ बाँकेको नेतृत्व र प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य सम्म पुग्नुभएका प्रदेश संयोजक शर्माले नेपालगञ्जमा संघको केन्द्रीय महाधिवेशन गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको उल्लेख गरे ।

    Advertisement

    महाधिवेशनलाई भव्यता पूर्वक सफल बनाउन नेकपा (एमाले) पार्टीसँग समन्वय गरेर तयारीका काम भईरहेको जानकारी दिदै संयोजक शर्माले भने, ‘लुम्बिनी प्रदेशको नेपालगञ्जमा हुन लागेको युवा संघको महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने कुरामा कुनै कमी हुन दिईने छैन ।’

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको समारोहमा दशौं हजार जनता सहभागी हुने गरी कार्यक्रम तय भएको बुझिएको छ ।

    Advertisement

    महाधिवेशनले पार्टीको नीति, निणर्य र नेतृत्वलाई आत्मसाथ गर्दै अहिले युवाको मुद्दामा छलफल गर्नुका साथै राजनीतिप्रति युवा पुस्ताको निराशा अन्त्य गर्ने उनको विश्वास छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »