Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नसा तथा वात सम्बन्धि बिरामीको श्वेदन सेवा मार्फत उपचार

    संजय कुशवाहा
    ११ माघ, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका आयुर्वेद शाखाले स्नेदन श्वेदन सेवा सुरु गरेको छ ।

    प्रतापपुर गाउँपालिकाको आयोजनामा अशक्त जेष्ठ नागरिकको घरदैलो मै नसा तथा वातरोगको उपचारको लागि स्नेदन श्वेदन सेवा कार्यक्रम सुरु गरिएको हो ।

    Advertisement

    स्वेदन सेवा कार्यक्रम अंतर्गत गाउँपालिकाको वडा नं. १ देखि वडा न.९ सम्मका प्रतेक वडामा असक्त नागरिकहरूको घरदैलो मै गएर स्नेदन श्वेदन सेवा आयुर्वेद शाखाले सुरु गरेको छ । सो गाउँपालिकाको हरेक वडाहरूमा रहेका नसा तथा वात सम्बन्धि रोगबाट पीडित बिरामीहरूको घरदैलो मै पुगेर स्नेदन श्वेदन सेवा मार्फत उपचार गरिरहेको आयुर्बेद शाखाका प्रमुख दिनबन्धुु मिश्राले बताए । नसा तथा वात रोगबाट पीडित रहेका बिरामीहरू घरदैलो मै उपचार पाउदा आयुर्वेद शाखा प्रति स्थानीयहरू खुसी भएका छन् ।

    आयुर्बेद शाखा गाउँपालिका अन्तर्गत निकै प्रभावकारी हुदैँ गएको साथै उक्त शाखामा दिनहुँ बिरामीहरुको चासो पनि बढदै गएको छ । विगतको केही बर्ष देखि हजारौं मानिसहरु आयुर्वेद शाखा तर्फ आकर्षित हुदै गएको देखिन्छ ।

    Advertisement

    आयुर्बेद शाखाले निशुल्क रुपमा विभिन्न रोगको आयुर्बेद औषधि समेत लामो समय देखि गर्दै आएको हो । विभिन्न समयमा योगा, निःशुल्क स्वास्थ शिविर तथा जनचेतनामुलक कार्यक्रम समेत सन्चालन गर्दै आएको आयुर्बेद शाखाले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »