Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बिभिन्न सरोकारवालाहरु संग नेपालगञ्ज महोत्सवको मुल आयोजक समितिको बैठक

    ८ माघ, बाँके । बिभिन्न सरोकारवालाहरु संग नेपालगञ्ज महोत्सवको मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ ।

    नेपालगञ्जमा माघ १० गते अर्थात मंगलबारबाट विधिवद रुपमा संचालन हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ का लागि मुल आयोजक समितिले बिभिन्न सरोकारवालाहरु संग बैठक सम्पन्न गरेको छ ।

    Advertisement

    महोत्सवको मुख्य आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको र सहआयोजक सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा आज आईतबार नेपालगञ्जमा बिभिन्न सरोकारवालाहरु बीच मेलामा सक्रिय सहभागिताका लागि छलफल गरिएको घरेलु महासंघका महासचिव जि आर भुसालले जानकारी दिए ।

    उनका अनुसार बिभिन्न सरोकारवालाहरु राजनितिक पार्टी, अधिकारकर्मी, संघसंस्थाहरुका प्रतिनिधिहरु बीच महोत्सवलाई सक्रिय रुपमा सफल बनाउने सम्बन्धि छलफल तथा ध्यानाकर्षण समेत गराईको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »