Close sidebar
  • ताजा
  • लोकप्रिय
  • चुनावी खर्च व्यवस्थापनका लागि छुट्टै बैंक खाता खोल्न निर्देशन

    १२ माघ, काठमाडौँ । आगामी फाल्गुन २१ गते हुने निर्वाचनको खर्च व्यवस्थापनका लागि राजनीतिक दल र उम्मेदवारकाले छुट्टै बैंक खाता प्रयोग गर्ने भएका छन् ।

    नेपाल राष्ट्र बैंकले आमनिर्वाचनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारहरूलाई चुनावी खर्च व्यवस्थापनका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई आज निर्देशन दिएको हो ।

    Advertisement

    राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज एक सूचना जारी गर्दै निर्वाचन आयोगको अनुरोध बमोजिम यस्तो व्यवस्था गर्न ’क’, ’ख’ र ’ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरूलाई परिपत्र गरेको हो ।

    निर्वाचन आयोग मातहतका प्रदेश वा जिल्ला निर्वाचन कार्यालयहरूको सिफारिसमा राजनीतिक दल, प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन अभियानका लागि छुट्टै बैंक खाता खोल्नु पर्ने उक्त सूचनामा उल्लेख छ । यो खाता विशेष गरी चुनावको समयमा हुने आम्दानी र खर्चको पारदर्शिता कायम गर्न र बैंकिङ प्रणाली मार्फत कारोबार गर्नका लागि अनिवार्य गरिएको हो । यस्तो खाता नेपाली मुद्रामा मात्र सञ्चालन हुनेछ ।

    Advertisement

    बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. २१ को बुँदा नं. ४५ मा कुनै पनि प्राकृतिक व्यक्तिले एउटै बैंक वा वित्तीय संस्थामा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाउने व्यवस्था छ । तर, निर्वाचनका लागि खोलिने विशेष खाताको हकमा भने यो ’एक व्यक्ति एक खाता’ को प्रावधान लागु नहुने राष्ट्र बैंकले प्रष्ट पारेको छ । निर्वाचन आयोगबाट खाता बन्द गर्न निर्देशन नभएसम्मका लागि उम्मेदवारहरूले यो छुट पाउनेछन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    78

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »