१५ कार्तिक, काठमाडौँ । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । आज शनिबार बिहान बागमती प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे सार्वजनिक गरेको विवरणअनुसार कोशी, मधेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा पनि हल्का वर्षा भइरहेको छ ।
Advertisement
बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रही नेपालको मौसम प्रभावित भएको हो ।
शनिबारबाट सो प्रभाव कम भइ क्रमिक रुपमा मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ ।
















टिप्पणीहरू