Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने

    १४ कार्तिक, काठमाडौँ । अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने भएको छ । सरकारले छापाखाना र प्रकाशन सम्बन्धी नियमावली संशोधन गर्दै सञ्चारमाध्यमको दर्ता र नवीकरणमा शुल्क लाग्ने व्यवस्था गरेको हो ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै संशोधित नियमावली कार्यान्वयनमा ल्याएको हो ।

    Advertisement

    प्रकाशित राजपत्र अनुसार अनलाइन सञ्चारमाध्यम दर्ताका लागि ५ हजार रुपैयाँ शुल्क सहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यस्ता सञ्चारमाध्यमहरू प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने र यसरी नवीकरण गर्दा प्रत्येक पटक २ हजार ५ सय शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

    नियमावलीले यसअघि जिल्ला प्रशासन कार्यालयबाट दर्ता हुँदै आएका पत्रपत्रिका लगायतलाई सूचना तथा प्रसारण विभाग मार्फत दर्ता तथा नियमन हुने व्यवस्था मिलाएको छ ।

    Advertisement

    यो पनि पढ्नुहोस्‌ः

    अनलाइन सञ्चारमाध्यम दर्ता प्रावधान विरुद्धको रिट माथि सुनुवाई गर्दै दुवै पक्षलाई कारण देखाउ आदेश

    Advertisement

    अनलाइन सञ्चारमाध्यम दर्ता प्रावधान विरुद्ध सर्वोच्चमा रिट

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »