Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आईसीसी टी–२० एशिया छनोटको सुपर–६ अन्तर्गत नेपाल आज कतारसँग भिड्दै

    क्यान

    २७ असोज, काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र कतार बीच खेल हुँदैछ ।

    यो खेल नेपाली समयानुसार बेलुकी पौने नौ बजे ओमानमा हुनेछ । सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले युएई माथि १ रनको रोमाञ्चक जित निकालेको थियो ।

    Advertisement

    सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतार सँगै ओमान र सामाओ सँग प्रतिस्पर्धा गर्दैछ ।

    सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »