Close sidebar
  • ताजा
  • लोकप्रिय
  • यूएई विरुद्ध नेपालको रोमाञ्चक जीत

    २६ असोज, काठमाडौँ । आईसीसी टी २० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर ६ को खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध जित हासिल गरेको छ ।

    ओमनमा भएको खेलमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्र बनायो ।

    Advertisement

    पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले ५१, कुशल भुर्तेलले २८, रोहित पौडेलले २० रन बनाए ।

    उता बलिङमा यूएईका मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र धुर्व परासरले समान एक विकेट लिए ।

    Advertisement

    नेपालले चारवटा छक्का र ९ वटा चौका मात्रै प्रहार गरेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »