२२ असोज, काठमाडौँ । चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिमा संकुचन आउने विश्व बैंकले अनुमान गरेको छ ।
‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ गर्दै विश्व बैंकले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको असर अर्थतन्त्रमा देखिने अनुमान गरेको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।
Advertisement
आन्दोलनका क्रममा भएको अशान्ति र बढेको राजनीतिक तथा आर्थिक अनिश्चितका कारण आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान विश्व बैङ्कले गरेको हो ।
दक्षिण एसियाको विकासको अद्यावधिक प्रतिवेदन ‘साउथ एसिया डिभलपमेन्ट अपडेट’ शीर्षकमा मङ्गलबार प्रकाशित प्रतिवेदनमा आर्थिक वृद्धिको सम्भावित घट्ने दायरा विद्यमान वृद्धिदरभन्दा १.५ देखि २.६ प्रतिशत हुने अनुमान गरिएको छ । आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत थियो ।
Advertisement
जेनजी आन्दोलनका क्रममा भएको अशान्तिका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तीव्र गिरावट आउने र सम्पत्ति नोक्सानीले बिमा उद्योगलाई असर गर्ने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ ।
लगानीकर्ताको कमजोर विश्वासले निजी लगानी र गैरजलविद्युत् निर्माणमा बाधा पुर्याउने प्रक्षेपण विश्व बैङ्कको छ ।
Advertisement
खासगरी विदेशी पर्यटकीय आगमन घट्ने र प्रदर्शनका क्रममा भएको भौतिक संरचनामा क्षतिले बीमा क्षेत्रलाई नराम्ररी प्रभावित पार्ने प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी समयमै वर्षात् नभएको हुँदा धान उत्पादन हुने प्रदेशमा असर गरेकाले कृषि क्षेत्रमा पनि यसको असर पर्ने छ ।
Advertisement
पुनर्निर्माणलाई अगाडि बढाउने सरकारी प्रतिबद्धता र सक्रियताले आगामी आर्थिक वर्ष र त्यसपछिको वर्षमा आर्थिक सुधार हुने विश्व बैंकको अपेक्षा छ ।
टिप्पणीहरू