२२ असोज, काठमाडौँ । गृह मन्त्रालयले धर्ना, जुलुस लगायत विरोधका कार्यक्रमलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन आग्रह गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख्न भनेको छ । जेनजीको अगुवाइमा भएको प्रदर्शन पश्चात् मुलुकमा नयाँ परिस्थिति विकास भएको मन्त्रालयले जनाएको छ ।
Advertisement
आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको समेत मन्त्रालयले जनाएको छ ।
‘तसर्थ मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख्न र धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन मन्त्रालय सबैसँग अनुरोध गर्दछ’, प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Advertisement
‘साथै नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत् समाधान गर्न सरकार सधैँ सकारात्मक रहेको व्यहोरा अनुरोध गर्दै धर्ना, जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक अनुरोध छ ।’


















टिप्पणीहरू