२३ असोज, काठमडौँ । भदौ २३ र २४ गते भएको घटना सम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लगायत विरुद्ध जाहेरी प्रहरीलाई फिर्ता पठाएको छ ।
भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा पुरुषोत्तम खतिवडा समेत चार जनाले उनीहरूका नाममा मानवता विरुद्ध र राज्यविरुद्धको जाहेरी दिएका थिए ।
Advertisement
प्रहरीले आयोगबाटै यसको समाधान खोज्ने भन्दै उक्त जाहेरी आयोगमा पठाएको थियो । आयोगले बिहीबार जाहेरवाला सँग बसेर विस्तृत छलफल गरेको थियो । जसपछि आयोगले जाहेरी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँ मै फिर्ता पठाएको छ ।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आयोगले फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य आयोगका कार्य क्षेत्र भित्र परेको छैन, फौजदारी कसुरमा संलग्न जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपालको कानूनले अख्तियारी प्रदान गरेको विदितै छ ।’
Advertisement
विज्ञप्तिमा फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन आयोगको प्रतिवेदन कुर्न नपर्ने भएकाले प्राप्त जाहेरी र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमै फिर्ता पठाइने उल्लेख छ ।

Advertisement



















टिप्पणीहरू