Close sidebar
  • ताजा
  • लोकप्रिय
  • निर्वाचन आयोगलाई राजनीतिक दलहरू सँग संवाद गर्न प्रधानमन्त्रीको आग्रह

    २२ असोज, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई सबै राजनीतिक दलहरूसँग संवाद गर्न आग्रह गरेकी छन् ।

    मंगलबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री कार्कीले पुराना, नयाँ तथा सरोकारवाला सबैसँग आयोगले छलफल गर्नुपर्ने भए गर्नु भनी आग्रह गरेको बुझिएको छ ।

    Advertisement

    कांग्रेस, एमाले, माओवादीलगायत राजनीतिक दलले चुनावका लागि सर्वपक्षीय सहमति जुटाउन राष्ट्रपति रामचन्द्र पौडेलसँग अपेक्षा राखेका छन्‌ ।

    राष्ट्रपति पौडेल भने कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले यस्तो पहलकदमी लिनुपर्ने पक्षमा छन्‌ । यही पृष्ठभूमीमा प्रधानमन्त्री कार्कीको पहल सुरु भएको हो । कान्तिपुरमा खबर छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »