२९ असोज, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज देखि राहदानी आवेदन सम्बन्धी सेवा शुरू गर्ने भएको छ । आजदेखि राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुने जिल्ला प्रशासनले बताएको छ ।
प्रशासनले सूचना जारी गर्दै राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिएको छ । सीमित आवेदन स्टेशनबाट शुरू गर्न लागिएको यो सेवाका लागि आवेदन गर्न बेलुका ५ बजे अनलाइन स्लट खुल्ने सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।
Advertisement
अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो ।
Advertisement


















टिप्पणीहरू