Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सार्वजनिक नीति र संघीयता सबलीकरण समितिको बैठक बस्दै

    १९ भदौ, काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा उपसमितिको बैठक बस्दै छन् ।

    आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेका हुन् ।

    Advertisement

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रत्यायोजित विधायन र कानून समाजसँग समितिको सहकार्य सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा समितिको आर्थिक वर्ष २०८२–०८३ को वार्षिक कार्ययोजनामाथि छलफल र पारित, लुम्बिनी प्रदेश अन्तर्गत भएका अनुगमन एवं अन्तरक्रियाको प्रतिवेदनमाथि छलफल र पारित गर्ने तयारी छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »