Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपाल लोकतान्त्रिक खेलकुद संघ बाँके क्षेत्र नं. १, राप्ती सोनारी गाउँपालिका तथा प्रदेशको नेतृत्व चयन

    ३१ साउन, बाँके । नेपाल लोकतान्त्रिक खेलकुद संघ बाँके अन्तरगत प्रतिनिधि सभा क्षेत्र नं. १, राप्ती सोनारी गाउँपालिका तथा प्रदेश (क र ख) को प्रथम अधिवेशन शनिबार राप्ती सोनारी गाउँपालिका–२, मदुईमा सम्पन्न भएको छ ।

    नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ का सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य तप्त पौडेल प्रमुख अतिथी रहेका थिए ।

    Advertisement

    कार्यक्रममा नेपाल किसान संघ बाँकेका अध्यक्ष लाहुराम थारु, नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेश अध्यक्ष नरेन्द्र थापा, महासमिती सदस्य महाबिर ओली, पूर्व क्षेत्रीय अध्यक्ष माधवराम खत्री, नेपाली कांग्रेस बाँकेका सदस्य देव बहादुर खाँण, नेपाल लोकतान्त्रिक खेलकुद संघका प्रदेश सदस्य चेतकान्त भट्टराई तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ बाँके अध्यक्ष बदरुद्दिन अन्सारीलगायतले मन्तव्य राखेका थिए ।

    अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । क्षेत्र नं. १ कार्यसमितिमा प्रकाश कुमार शर्मा अध्यक्ष, टिकाराम आचार्य सचिव, सरिता राना कोषाध्यक्ष र दुर्गा रेग्मी तथा अजय यादव सदस्य निर्वाचित भएका छन् ।

    Advertisement

    प्रदेश (क) कार्यसमितिको अध्यक्षमा अरुण यादव निर्वाचित भएका छन् ।

    त्यस्तै, राप्ती सोनारी गाउँपालिका कार्यसमितिको अध्यक्षमा जंगबीर थारु, उपाध्यक्षमा डम्बर भण्डारी, महिला उपाध्यक्षमा समृद्धि खडका, सचिवमा प्रियंका गोसाई, सहसचिवमा टोप बहादुर ओली, कोषाध्यक्षमा छवि सुनार र सदस्यमा दिल बहादुर थारु निर्वाचित भएका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Most Read Posts

    • No results available

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »