Close sidebar
  • ताजा
  • लोकप्रिय
  • धरहरा अब सार्वजनिक विदामा पनि खुला गरिने

    २६ असार, काठमडौँ । धरहरा अब दैनिक खुला गरिने भएको छ । पुननिर्माण पछि खुला गरिएको धरहरा अब दैनिक दुई चरण (सिफ्ट) मा खुला गरिने भएको छ ।

    साउन १ गतेदेखि दुई चरणमा सञ्चालन हुने तयारी भइरहेको सहरी विकास मन्त्रालयले जनाएको छ । धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।

    Advertisement

    मन्त्रालयका अनुसार अब सार्वजनिक बिदाका दिन समेत बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको छ । गोरखापत्रमा खबर छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »