Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज गुरु पूर्णिमा मनाइँदै

    २६ असार, काठमाडौँ । आज गुरु पूर्णिमा मनाइँदै छ । आजका दिन गुरुहरुलाई विशेष सम्मान गरिन्छ । विशेष गरी गुरु पूर्णिमा हिन्दु, बौद्ध र जैन धर्मावलम्बीहरूले मनाउने एक महत्वपूर्ण पर्व हो ।

    यो आषाढ शुक्ल पूर्णिमामा पर्छ । यस दिन गुरु (शिक्षक, आध्यात्मिक मार्गदर्शक) को पूजा र सम्मान गरिन्छ । आजको दिन महर्षि वेदव्यास (महाभारत र वेदका संकलनकर्ता) को जन्मदिन पनि हो । यसैले यो दिनलाई व्यास पूर्णिमा पनि भन्ने गरिन्छ ।

    Advertisement

    बौद्धहरूका लागि यो दिन गौतम बुद्धले सारनाथमा पहिलो उपदेश (धर्भचक्र प्रवर्तन) दिएको थियो ।

    आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ ।

    Advertisement

    संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपि प्रकाशले अज्ञानरूपि अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको जानकारहरु बताउँछन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »