Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बागेश्वरीमा निःशुल्क आँखा परिक्षण तथा मल्टीभिटामिन वितरण

    २४ असार, बाँके । किभा फाउण्डेसनको आयोजनामा नेपालगञ्जमा निःशुल्क आँखा परिक्षण शिविर तथा मल्टीभिटामिन वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    पश्चिम नेपाल कै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको प्रांगणमा भिजन आँखा अस्पताल नेपालगञ्जको प्राविधिक सहयोग र श्री बागेश्वरी महाआरती संचालन तथा व्यवस्थापन समितिको सहकार्यमा सोमबार महाआरतीको अवसरमा कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    उक्त कार्यक्रम मार्फत एक सय ८५ जनाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक वृजेश मिश्रले जानकारी गराए । जस मध्ये ५५ जना पुरुष र एक सय ३० जना महिला छन् ।

    सामान्य समस्या भएकालाई निःशुल्क औषधि उपलब्ध गराएको र साथै मल्टीभिटामिन वितरण गरिएको किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी गराए ।

    Advertisement

    यस्तै, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गरिएको छ । चश्मा आवश्यक पर्नेलाई सहुलियत मुल्यमा उपलब्ध गराउने र अप्रेशन गर्नुपर्ने भएमा ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने गरी सहकार्य भएको किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी दिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »