२० असार, काठमाडौँ । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् ।
प्रधानमन्त्री ओली आज अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छन् ।
Advertisement
ओली गएराति स्पेनबाट कतारको दोहा प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्री ओली मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति ११ बजे दोहा प्रस्थान गरेका हुन् ।
टिप्पणीहरू