Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भोटेकोशीमा हराइरहेकाहरुको खोजीलाई तीव्र बनाउन तथा घाइतेको निःशुल्क उपचार गराउन आयोगको माग

    २५ असार, काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकाहरुको खोजीलाई तीव्र बनाउन, घाइतेको निःशुल्क र भरपर्दो उपचार गराउन माग गरेको छ ।

    आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त बाढी पहिरोका कारण मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन र आवत जावत सञ्चालन गर्न माग गरेका छन् ।

    Advertisement

    ‘बाढीमा परी अझै हराइरहेकाको खोजीलाई तीव्र बनाउन, घाइतेको निःशुल्क, भरपर्दो उपचार गराउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आवतजावत सञ्चालन गर्न, संकटको बेला हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्दै दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन, विपद्पूर्व, विपदको अवस्था र विपद्पश्चात गरिनुपर्ने कार्यको प्रभावकारी योजना बनाउन जरुरी छ ।’

    Advertisement

    आयोगले संकटको बेलामा हुन सक्ने मानव अधिकार उल्लङ्घनका घटनाप्रति सचेत हुन सरकारलाई आग्रह गरेको छ । यस विपद्पूर्ण घडीमा राज्यका निकायले गर्ने कार्यलाई आ–आफ्नो भूमिकामा रहेर सघाउनसमेत आयोगले आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    आयोगले बाढीपश्चात् धनजनको क्षति न्यून गर्न उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सम्बद्ध निकायबाट भएको कार्यप्रति धन्यवाद ज्ञापन गरेको छ ।

    Advertisement

    उक्त बाढीमा परेकामध्ये हालसम्म नौ वटा मानव अङ्ग फेला परेको, १९ जना हराइरहेका र दर्जनौँ घाइते हुनुका साथै सवारिसाधन, भवन, सडक, हाइड्रोपावर जस्ता भौतिक सम्पत्तिमा क्षति पुगेको आयोगलाई जानकारी प्राप्त भएको जनाएको छ ।

    उक्त घटनाको अनुगमनका लागि आयोगको अनुगमन टोली रसुवा पुगेको समेत विज्ञप्तिमा उल्लेख छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »