Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरः पेशागत भविष्यका लागि उत्कृष्ट गन्तब्य

    १२ असार, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकादोमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । बैदेशिक रोजगारीका लागि नेपालबाट जानेहरुका लागि गुणस्तरीय सिप सिक्ने अवसरका लागि लियाना हस्पिटालिटीले विभिन्न कोर्सहरु सञ्चालन गरेको हो ।

    लियाना हस्पिटालिटीले वायरिङ, इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेसन, स्टिल फिक्चर्स, हाउस किपिङ, क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गार्मेन्ट, टेलरिङ र प्लम्बिङ क्षेत्रमा काम गर्न जाने कामदारहरुलाई तालिम दिइरहेको छ ।

    Advertisement

    सम्बन्धित क्षेत्रमा नेपाली नागरिकलाई न्यूनतम सीप सिकाएर मात्र वैदेशिक रोजगारमा पठाउने सरकारको नीतिअनुसार लियानाले सीप प्रदान गर्न सुरु गरेको सञ्चालक भोदुराम थारुले जानकारी गराए । भोदुराम थारु बर्दियामा पाउरोटी उद्योग पनि चलाइरहेका छन् ।

    Advertisement

    उनले बैदेशिक रोजगारीमा जाने कामदारलाई सीप सिकाउने र दक्ष बनाउने अभियानमा रहेको बताएका छन् । उनी भन्छन्, ‘यहाँबाट बैदेशिक रोजगारीका लागि जाने कामदारले दुःख नपाउने भन्ने उद्देश्यले सीपुक्त जनशक्ति उत्पादनमा जोड दिइरहेको छु ।’

    उनका अनुसार ६० लाखको लागतमा निर्माण गरिएको संस्थाले आधुनिक होटल व्यवस्थापनका सम्पूर्ण पक्षमा गुणस्तरीय तालिम प्रदान गर्दै आइरहेको छ ।
    सञ्चालक थारुका अनुसार यस लियानाबाट तालिम लिएपछि युरोपका विभिन्न देशहरुमा रोजगारीको अवसर समेत सुनिश्चित गरिने जसले नेपालकै माटोमा सिकेर अर्न्तराष्ट्रिय बजारमा काम गर्ने सपना पुरा गर्न सक्छ ।

    Advertisement

    श्रम विभागको तथ्यांक हर्ने हो भने नेपालबाट बैदेशिक रोजगारीमा गएकामध्ये दक्ष कामदार १.५ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र अदक्ष कामदार ७४.५ प्रतिशत रहेका छन् । जसका कारण सरकारले श्रमिकलाई सीप अनिवार्य गर्दा मर्यादित श्रम पाउने वातावरण समेत बनेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »