Close sidebar
  • ताजा
  • लोकप्रिय
  • काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा

    १८ जेठ, काठमाडौँ । सरकारले आज आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

    रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा आइतबार काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा सार्वजनिक बिदा दिइएको हो । आइतबार यी तीन जिल्लामा सरकारी कार्यालय, विद्यालय लगायत बन्द रहनेछन् ।

    Advertisement

    राजपत्रमा प्रकाशित सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका ३ (तीन) जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

    ’…राजपत्रमा प्रकाशित सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा मिति २०८२ साल जेठ १८ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, गृह मन्त्रालयको सूचनामा भनिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »