कविता
धुलोले ढाकिएको छ इतिहास हाम्रो,
जहाँ हरेक ईँटामा छ राष्ट्रको स्वाभिमान ।
गुमेको त्यो गौरव, टुक्रिएको त्यो सपना,
फेरि उठ्न, हामीलाई चाहिएको छ एक बलियो थाम ।
Advertisement
राजा थिए, जब देश एक थियो,
सपना पुरा गर्न एकताको गीत थियो ।
आज हरेक गल्लीमा छ अविश्वासको आवाज,
समाधान होइन, झनै गहिरिएको छ समाज ।
विदेशिएका छन् युवाहरू,
भविष्य खोज्दै पराई भूमिमा ।
देशमा रोजगारी होइन,
छ सत्ताका वरिपरि भरिएका मानिसहरू ।
Advertisement
अब नेतृत्वको खाँचो छ,
जो सधैँ देश र जनताको माया गर्छ ।
जो पक्षपात होइन,
सबै नेपालीलाई समान नजरले हेर्छ ।
राजसंस्था फेरि फर्कनुपर्छ,
सम्बृद्धिको ढोका फेरि खोल्नुपर्छ ।
हामी सबै मिलेर गर्जनुपर्छ,
“राजा फर्काउ, देश बचाउ!” भनेर बोल्नुपर्छ ।
Advertisement
आजको यो कविता हो,
भोलिको त्यो गाथा बन्नेछ ।
एकता, विश्वास, र नेतृत्वसँगै,
नेपाल फेरि उज्यालोमा चम्कनेछ ।
ई.चिरञ्जीवी भटराई
(लेखक नागरिक विद्रोह जनसम्पर्क प्रमुख हुन् ।)
टिप्पणीहरू