Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लुम्बिनी कप महिला फुटबलः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला

    ४ वैशाख, बाँके । नेपालगञ्जमा पत्रकारका लागि फुटबल रिपोर्टिङ कार्यशाला सम्पन्न भएको छ । नेपालगञ्ज रंगशालामा हुन लागेको अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई लक्षित गरी गरिएको कार्यशाला खेलकुद पत्रकार मञ्च बाँकेको आयोजना तथा अन्तराल नेपालगञ्जको सहकार्यमा गरीएको हो । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल विधामा पहिचान बनाउनु भएका प्रशिक्षक पत्रकारहरुले सहजिकरण गरेका थिए ।

    कार्यक्रममा फुटबल रिपोर्टिङ र लेखनका बिषयमा एशियाली खेलकुद पत्रकार संघका कोषाध्यक्ष तथा विविसी संवाददाता निरञ्जन राजवंशी, खेल र न्यु मिडियाका बारेमा नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष एंव खेलाडी डट कमका प्रवन्ध सम्पादक अजय फूयाल, खेल र प्रविधिका बिषयमा नेपाल खेलकुद पत्रकार मञ्चका वरिष्ठ उपाध्यक्ष निरञ्जन अधिकारी र खेल फोटो पत्रकारिता र मोवाइल पत्रकारिताका बिषयमा फोटो जर्नालिष्ट कल्बका पुर्व अध्यक्ष विकास कार्कीले सहजीकरण गरेका थिए ।

    Advertisement

    नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा ३० बढि पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लुम्बिनी कपको प्रचार प्रसारको बिषयमा मिडिया संयोजक निरज गौतमले जानकारी दिए ।

    कार्यक्रममा अन्तरालको आयोजनामा भोली वैशाख ५ गतेबाट हुन लागेको महिला फुटबल खेलको रिपोर्टिङका बिषयमा विभिन्न सवालहरुमाथि पनि चर्चा गरिएको थियो । शुक्रबार पहिलो खेल सुदुरपश्चिम र त्रिभुवन आर्मी बीच हुने आयोजक अन्तरालले जनाएको छ । खेलमा नेपाल र भारतका गरी ८ वटा टिमको सहभागिता रहने छ ।

    Advertisement

    बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »