४ बैशाख, बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सफा पानीलाई धमिलो बनाएर माछा मार्न खोज्नेहरुको बल्छि खोसेर तह लगाउने र जनताको हितमा रहेर काम गर्ने बताएका छन् । उनले यहाँको सफा समाजलाई धुमिलो बनाउनेहरुको पहिचान गर्न जरुरी रहेको जोड दिँदै जिल्लाको विकासका लागि सबैको साथ सहयोग अत्यन्तै महत्वपूण हुने बताए ।
गैर सरकारी संस्था महासंघ बाँकेले बिहीबार प्रमुख जिल्ला अधिकारी जोशीलाई स्वागत एवं नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान गर्न आयोजना गरेको बैठकमा जोशीले नेपालगञ्ज आफ्नो पनि ठाउँ भएकाले यहाँको नागरिकको हितमा रहेर गतिबिधि गर्ने बताएका हुन ।
Advertisement
‘सँगसँगै हिडेका व्यक्तिहरुले पनि त्यसैको आडमा नराम्रा गतिबिधि गरिरहेका हुन्छन्,’ प्रजिअ जोशाीले भने, ‘त्यस्ता व्यक्तिहरुको पहिचान हुन एकदमै जरुरी छ, त्यो कार्यमा नागरिक समाजको सहयोग आवश्यक छ ।’
मिलेर बसेको समाजलाई भाँड्न खोज्नेहरु नै समाजका बिरोधी तत्व भएको भन्दै नेतृत्व गर्ने तहबाट सामान्य भन्दा पनि सामान्य विषयमा आफुले ध्यान दिने गरेको उनले दावी गरे । शुभकामना दिने क्रममा उनले बाँकेको समस्याको समेत उठान गरेका थिए ।
Advertisement
‘जिल्लामा लागूऔषध दुर्ब्यसन तथा कानुन पालनाको समस्या रहेको देखिएको छ,’ उनले भने, ‘यस्ता कुराहरुलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा आफुले सोचिरहेको र छलफल पनि चलाएको छु ।’
यस्तै, पछिल्लो केहीदिन यतादेखि भन्सार व्यवस्थापनमा लागिएको उल्लेख गर्दै उनले सबै तह, तप्कामा बसेकाहरु, व्यक्ति नै भएकाले समान व्यवहार गर्ने बताए । उनले सुशासनको प्रत्याभुति गर्ने, समाजिक उत्थान र अधिकार प्रत्याभुति गर्ने काममा गैससको भूमिका महत्वपूर्ण रहने बताए ।
Advertisement
‘समुदायमा सरकारी संयन्त्रभन्दा सुक्ष्म रुपमा गैसस भिजेका हुन्छ्न’ प्रजिअ जोशीले भने, ‘सरकारी निकायका गुनासा गैसससम्म पुग्ने र गैससका गुनासा सरकारी कार्यालयमा पुग्ने हुन्छ, त्यस कारण समन्वय, सहकार्य, सूचना आदानप्रदान महत्वपूर्ण छ, संगसंगै मिलेर काम गर्ने गर्नुपर्छ ।’
सो क्रममा गैर सरकारी संस्था महासंघ बाँकेका उपाध्यक्ष मन भण्डारीले बाँकेको गैससका बारेमा जानकारी गराएका थिए भने सहसचिव परिना चौधरीले स्वागत मन्तब्य व्यक्त गरे । अ
Advertisement
ध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको अगुवाईमा भएको सो बैठकलाई गैससका सचिव रमेश सिटौलाले संचालन गरेका थिए ।
टिप्पणीहरू