Close sidebar
  • ताजा
  • लोकप्रिय
  • काठमाडौँको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन

    १४ चैत्र, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चैत्र १५ गते शुक्रबार अर्थात भोलि हुने विभिन्न प्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपील गरेको छ ।

    आयोगले विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चा र राजावादी समूहलाई प्रदर्शन शान्तिपूर्ण बनाउन अपील गरेको हो ।

    Advertisement

    प्रदर्शनीका क्रममा दुवै पक्ष भेट हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्था प्रति आयोगले चासो व्यक्त गरेको छ । आयोगले काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौँ  र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधि सँग छलफल गरेको छ ।

    आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसात् गर्नसमेत निर्देशन दिएका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »