१४ चैत्र, काठमाडौँ । वर्तमान व्यवस्था विरोधी राजावादी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने घोषणा गरेको छ ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन मार्फत सरकारले शान्तिपूर्ण आग्रहलाई वेवास्ता गरेमा आन्दोलन सशक्त बनाउने बताइएको छ ।
Advertisement
समितिका संयोजक नवराज सुवेदीले सरकारले आफूहरुको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने बताएका हुन ।
उनले आजको मितिले एक हप्ताभित्र सरकारले शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा आन्दोलनलाई चैत्र २१ गतेदेखि सशक्त बनाउँदै लैजान बाध्य हुने बताएका छन् । त्यसबाट सृजित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्ने राजावादीको चेतावनी छ ।
टिप्पणीहरू