२ चैत्र, बाँके । बाँकेको डुडुवा गाँउपालिका आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा तनाव भएको छ ।
गएराति बालबन्दी बीचको झडपमा ६ जना घाइते भएका थिए । उनीहरुलाई नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।
Advertisement
बाँके प्रहरी अनुसार बाल सुधार गृहमा गएराति ११ बजेको समयमा झडप भएको थियो ।
गएराति देखि यो समाचार प्रकाशन गर्दा सम्म तनाव शान्त हुन सकेको छैन । माहोल नियन्त्रण गर्न बाँके प्रहरीलाई सकस भएको छ ।
Advertisement
दिउँसाे करिब १ बजको समयमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, जिल्ला प्रहरी कार्यालय बाँके तुल बहादुर कार्की सहितको टोली घटनास्थलमा पुगेको छ ।
घटनास्थलमा माथिल्लो प्रहरी निकायलाई हाल सम्म कति जना बालबन्दी भागेका छन भन्ने बारे यकिन हुन नसकेको र अवस्था नियन्त्रण गर्न प्रयास भईरहेको रिर्पोट दिइरहेका देखिएका छन ।
Advertisement
प्रहरीलाई भित्र जान दिइएको छैन । प्रहरीले बालबन्दीलाई सम्झाएर भित्र जाने प्रयास गरिरहेको भएपनि माथिबाट उनीहरुले ढुंगामुढा गरीरहेका छन ।
घटना स्थलमा नेपाल प्रहरी र एपिएफको बाक्लो सुरक्षाकर्मी तैनाथ गरिएको छ । नियन्त्रण गर्ने क्रममा केही प्रहरी समेत घाइते भएका छन ।
Advertisement
बाल सुधार गृहमा करिब अढाइ सय बालबन्दी रहेका छन् । यस अघिपनि यस बालसुधार गहृमा तनाव भएको थियो । जसमा एक जना बालबन्दीको मृत्यु समेत भएको थियो ।
बाल सुधार गृह सुरक्षामा चुनौती मात्रै नभइ त्यहाँ आसपासका समुदायमा पनि त्रास फैलिएको छ । गएराति बालबन्दी बाहिर आएर केही घरका सामान समेत चोरी गरेको खबर छ ।
रातीको समयमा बालबन्दी बाहिर आएको र समुदायले उनीहरुलाई घेरेपछि पुनः सुधार गृह भित्र गएका स्थानीयले बताए । बाहिर आएर उनीहरुले परालमा आगजनी समेत गरेका थिए ।
१८ वर्ष नपुगेलाई राख्न बनाइएको बाल सुधार गृहमा त्यस माथिका लाईपनि राख्ने गरेको हुनले लफडा हुने गरेको स्थानीयले बताउँछन ।
टिप्पणीहरू