२ चैत्र, बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. ६ आसमानपुरमा रहेको जयेन्दु बाल सुधारगृहको अवस्था बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
पटक पटक प्रहरीले वार्ताको लागि आह्वान गर्दा वार्तामा नआएपछि प्रहरी बलपूर्वक सुधारगृहमा प्रवेश गरेर अवस्था नियन्त्रणमा लिएको छ ।
Advertisement
बालबन्दीले सुधारगृह भित्र आगजनी समेत गरेका थिए । आगो नियन्त्रण गर्न पुगेको दम्कललाई समेत गेट भित्र प्रवेश गर्न दिएका थिएनन् ।
गएराति बाल सुधारगृहमा बालबन्दी बीच भएको झडपमा छ जना घाइते भएका थिए । करिब ५० जना बालबन्दीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Advertisement
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अवस्था नियन्त्रणमा आइसकेको बताए । दुई सय ५५ जना बालबन्दीमा १२ जना प्रहरीले गएराति अवस्था नियन्त्रणमा लिन नसकेपछि ६ जना घाइते भएका थिए । बालबन्दी उत्तेजित हुँदै गएपछि उनीहरुको जीवनरक्षाका लागि प्रहरीले बल प्रयोग गर्न बाध्य भएको उनले बताए ।
Advertisement
प्रहरी भित्र प्रवेश गर्न खोज्दा बालबन्दीलले भवनको छतबाट प्रहार गर्दा केही प्रहरी घाइते समेत भएका छन ।
Advertisement
टिप्पणीहरू