१६ फाल्गुन, काठमाडौँ । प्रतिनिधि सभामा विचाराधीन नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई विधेयकमा एक सयभन्दा बढी संशोधन दर्ता भएका छन् ।
व्यक्तिगत र सामूहिक गरी दुई विधेयकमा ११६ वटा संशोधन दर्ता भएका हुन् । नेपाल प्रहरी विधेयकउपर ५२ र सशस्त्र प्रहरीको विधेयकमा ६४ संशोधन दर्ता भएका हुन् । सशस्त्रको विधेयकमा संशोधन दर्ताको समयसीमा बिहीबार साँझसम्म थियो ।
Advertisement
प्रतिनिधि सभा विधेयक शाखाका उपसचिव त्रिविक्रम पराजुलीले बिहीबार तोकिएको समयसीमामा सशस्त्र प्रहरी विधेयकमा ६४ संशोधन दर्ता भएको जानकारी दिए ।
नेपाल प्रहरी विधेयकमा संशोधन दर्ताको समय भने यसअघि नै सकिएको थियो । सैद्धान्तिक छलफलपछि विधेयक संशोधन दर्ता प्रक्रियाका लागि स्वीकृत भएका थिए । गोरखापत्रमा खबर छ ।
टिप्पणीहरू