Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सामाजिक सञ्जाल विधेयक विरुद्व महासंघ संघर्षमा उत्रिने चेतावनी

    १ फाल्गुन, काठमाडौँ । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघ उभिने चेतावनी दिएको छ ।

    सामाजिक सञ्जाल विधेयकको विरोध गर्दै पत्रकार महासंघले फिर्ता लिन आग्रह गरेको छ ।

    Advertisement

    काभ्रेको धुलिखेलमा सम्पन्न महासंघको केन्द्रीय समिति बैठकले उक्त विधेयक तत्काल फिर्ता लिई सामाजिक सञ्जाल प्लाटफर्महरूलाई मात्रै नियमन गर्नेगरी सरोकारवाला सँग आवश्यक परामर्श गरेर पुनर्लेखन गर्न सरकार, संसद् र राजनीतिक दलहरूसमक्ष माग गरेको छ ।

    महासंघले विधेयकमा भएका कतिपय व्यवस्थाहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने र नागरिकका संवैधानिक हकहरूमा अंकुश लगाउने किसिमका रहेको ठहर गरेको छ ।

    Advertisement

    सरोकारवाला सँग सामान्य छलफल समेत नगरी नागरिकका मौलिक हक हनन् हुने गरी ल्याइएको विधेयकलाई अगाडि बढाउनु उपयुक्त नहुने महासंघको ठहर छ ।
    अन्यथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र न्यूमिडियाको प्रभावकारितामा अंकुश लगाउने गरी बन्ने विधेयकका विरुद्व महासंघ संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।

    Advertisement

     

    Advertisement

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »